Sunday, April 27, 2014

राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन एमालेको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन मस्यौदा समितिको बैठक केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको छ।
बैठकमा पार्टी अध्यक्ष तथा मस्यौदा समितिका संयोजक झलनाथ खनालले प्रस्तुत गरेको प्रारम्भिक मस्यौदामाथि सदस्यहरुले धारणा राख्ने् कार्यक्रम छ।
चैत मसान्तसम्म राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्ने, वैशाख ५–१० गतेसम्म केन्द्रीय कमिटीमा छलफल गर्ने र वैशाख १५ बाट तल्लो कमिटीमा छलफल सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म अन्तिम रुप दिन सकेको छैन। जसले गर्दा जेठ २४ देखि ३० गतेसम्म आयोजना हुने महाधिवेशन प्रभावित हुने देखिएको छ।
समाजको चरित्र, २०६२–६३ को परिवर्तनलाई हेर्ने दृष्टिकोण, परिवर्तित परिस्थितिमा मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादलाई परिमार्जन, मित्र शक्ति र शत्रु शक्तिको पहिचान, आगामी कार्यदिशालगायत महत्वपूर्ण राजनीतिक विषयमा फरक मत रहेको छ। अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमको धारणा एकै प्रकारको रहेको छ भने अर्का नेता केपी शर्मा ओलीको फरक धारणा छ।

No comments:

Post a Comment