काठमाडौं-आयल निगमले उपत्यकामा पेट्रोल अभाव हटाउन मागभन्दा एक लाख लिटर बढी वितरण गरेको छ। निगमको थानकोट डिपोले शुक्रबार ४ लाख ३७ हजार लिटर पेट्रोल वितरण गरेको छ। ‘हामीले पछिल्लो तीन दिन मागभन्दा बढी पेट्रोल दिएका छौं तर अभाव हटेको छैन,' निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले नागरिकसँग भने, ‘अभाव हटाउन सार्वजनिक बिदाको दिनसमेत तेल वितरण गरेका थियौं।'
दैनिक पेट्रोलको माग साढे तीन लाख लिटर रहेको निगमको दाबी छ। लोकतन्त्र दिवसको दिन बिहीबार पनि निगमले तेल वितरण गरेको थियो। उनले तेल वितरणको आधारमा अभाव हटिसक्नुपर्ने बताए।
‘हामीले जसरी तेल दिएका छौं, यो आधारमा पम्पमा लाइन हुनुहुँदैनथ्यो तर अहिलेसम्मै लामो लाइन छ,' घिमिरेले भने, ‘उपभोक्ताले अभाव हुने डरले धेरै भण्डारण गरेकाले समस्या भएको हो।' तेल अभाव भएपछि आवश्यकभन्दा बढी तेल भण्डारण गर्ने गरेको पाइन्छ। विगतमा समेत अभाव चर्किएपछि साम्य पार्न झन्डै एक महिना लागेको थियो।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले मागअनुसार तेल आपूर्ति नभएको बताए। ‘दैनिक माग साढे चार लाख लिटर छ तर निगमले साढे तीन लाख लिटर बाँडिरहेको छ,' उनले भने, ‘सातामा एक दिन बिदा र सार्वजनिक बिदा गणना नगरी निगमले साढे तीन लाख भनिरहेको छ।' योबाहेक अभावको समयमा तेल मौज्दात राख्ने प्रचलनले पनि अभाव हट्न सकेको छैन।
‘अभाव भएपछि उपभोक्तामा सधै यस्तै हुने मनोवैज्ञानिक त्रास छ। यो त्रासका कारण तेल जम्मा पारेर राख्ने उपभोक्ताको संख्या धेरै छ,' उनले भने, ‘उपभोक्ताले घरमा राख्नेमात्रै होइन, सवारी साधनमा तेल कम हुनेबित्तिकै बाँडेको ठाउँमा तेल भर्ने गरेको देखिएको छ। यसले समस्या यथावत रहेको हो।
प्रधानका अनुसार यो बाहेक निगमले मागअनुसार तेल अझै दिन सकेको छैन। ‘अझै कुनै पम्पलाई पेट्रोल र कुनै पम्पलाई डिजल गरेर बिक्री गरिरहेको छ, निगमले नै मागअनुसार तेल दिन नसकेकाले समस्या परेको छ,' उनले भने, ‘भारतबाट तेल आउन थालेको भए मागअनुसार दिनुपर्छ, होइन भने अनावश्यक रुपमा व्यवसायीलाई मुछ्नुहुँदैन।'
इन्डियन आयल कर्पोरेसन(आइओसी) ले बक्यौता नतिरेको भन्दै एक महिनादेखि नेपाल आउने पेट्रोलियम पदार्थ ३० प्रतिशतले कटौती गरेको थियो। बक्यौता तिर्ने प्रतिबद्धता आएपछि चार दिनदेखि आइओसीले पूर्ववत रुपमा नेपाललाई तेल दिन थालेको छ।
सार्वजनिक बिदामा तेल देउ
सार्वजनिक बिदामा यातायात कम चल्ने भएकाले निगमले तेल वितरण गर्दैनथ्यो। तर, पछिल्ला दिन सार्वजनिक बिदामा पनि यातायात साधन बढी चल्ने गरेका छन्। उपत्यकामा सार्वजनिक बिदा हुनेबित्तिकै पेट्रोल अभाव भइहाल्छ। सामान्यतया दुई दिन बिदा हुँदा धेरैजसो पम्प बन्द हुन्छन्।
‘अब निगमले सार्वजनिक बिदामा तेल दिनुपर्छ, होइन भने अभाव कायम रहन्छ,' एसोसिएसनका अध्यक्ष प्रधान भन्छन्, ‘विगतलाई हेरेर तेल वितरण नगर्ने प्रणालीमा पुनर्विचार गर्न जरुरी छ। अहिले भइरहेको अभाव हटाउन भन्दै निगमले सार्वजनिक बिदा भए पनि बिहीबार तेल वितरण गरेको थियो।
यसलाई नियमित बनाएर सार्वजनिक बिदामा तेल दिनुपर्ने उनको माग छ। ‘सार्वजनिक बिदामा घुम्न जाने क्रम बढेको छ, यसले पनि तेलको खपत बढेको छ, त्यसैले बिदामा पनि तेल दिनुपर्छ,' प्रधानले भने।

No comments:
Post a Comment