- बिहीबार ११ बैशाख, २०७१
- केशवशरण लामिछाने
- 0 Comments
4 0 Google +0 0 0

पोखरा -पोखरामा पहिलोपटक अपार्टमेन्ट निर्माण हुने भएको छ। एउटै भवनमा धेरै परिवार बस्न मिल्ने गरी बनाइने अपार्टमेन्टमा दुई व्यवसायीले छुट्टाछुट्टै लगानी गर्ने भएका हुन्। दुई ठाउँमा बन्ने ती अपार्टमेन्ट र हाउजिङमा गरी व्यवसायीको झन्डै ३ अर्ब लगानी थपिँदैछ।
बिन्दुकुमार थापा प्रवर्द्धक रहेको अन्नपूर्ण रेसिडेन्सीले लेखनाथ नगरपालिकाको चल्तीको बजार तालचोकमा अपार्टमेन्ट निर्माण गर्न लागेको हो। कालु गुरुङ प्रवर्द्धक रहेको दीप हाउजिङले पोखराको दीपमा अपार्टमेन्ट बनाउँदैछ। अपार्टमेन्ट र हाउजिङमा गरी थापाले झन्डै १ र गुरुङले २ अर्ब लगानी थप्दैछन्।
यसअघि १ अर्ब लगानी गरिसकेको अन्नपूर्ण रेसिडेन्सीले पहिलो चरणमा २ भवनमा गरी ६० वटा अपार्टमेन्ट बनाउने भएको छ। ‘अबको केही सातामै बुकिङ सुरु गर्छौ,’ रेडिडेन्सीका कार्यकारी अध्यक्ष थापाले भने, ‘बुकिङ गरेको १ वर्षमा ग्राहकलाई हस्तान्तरण गर्ने लक्ष्य राखेका छौं।’ १० वटा अपार्टमेन्ट बुकिङ सुरु हुनासाथै निर्माण थालिहाल्ने उनले बताए। ‘सुरुमा बुकिङ गर्ने १० जनालाई विशेष सहुलियत पनि हुनेछ,’ उनले भने।
अन्नपूर्णले एउटा शयनकक्ष (बेडरुम) सहितको अपार्टमेन्टलाई २२ र दुइटा शयनकक्ष भएकोलाई ४० लाखमा बिक्री गर्ने योजना बनाएको छ। ५ तले दुइटा भवनमा गरी ३०/३० वटा अपार्टमेन्ट बन्ने थापाले जानकारी दिए। एउटा तलामा ६ वटा अपार्टमेन्ट रहनेछन्। उनका अनुसार अपार्टमेन्टको भवनभन्दा बाहेक ७५ प्रतिशत जग्गा खुला रहनेछ। ‘त्यसमा हरियाली हुन्छ,’ उनले भने, ‘ग्रोसरी सपदेखि अरु आधारभूत सेवा पनि उपलब्ध गराउनेछौं।’
झन्डै एक दशकअघि हाउजिङ व्यवसाय सुरु भएको पोखरामा अपार्टमेन्टको अवधारणा भने बल्ल भित्रिएको हो। ‘कर्मचारीदेखि अरु कामकाजी पेसा व्यवसायीले अपार्टमेन्टमा रुचि देखाएका छन्,’ थापाले भने, ‘हामी नै किन्छौं भनेर थुप्रै साथीभाइले भनिसकेपछि यसको सम्भावना देखेरै लगानी गर्न लागेका हौं।’
अन्नपूर्णले अपार्टमेन्ट निर्माणको जिम्मा काठमाडौं त्रिपुरेश्वरको ठेकेदार कम्पनी सिई कन्स्ट्रक्सनलाई दिएको छ। पृथ्वीराजमार्गमार्फत पोखरासँग जोडिएको ठाउँ भएकाले लेखनाथमा पनि आवासका लागि ग्राहकहरुको आकर्षण रहेको थापाले बताए। ‘पोखरामा जग्गाको अभाव पनि हुँदै गइरहेको छ। त्यसैले पनि लेखनाथ रोजेका हौं,’ उनले भने, ‘अर्को कुरा पोखरामा बनाउँदा २२ लाखमा एक शयनकक्षसहितको अपार्टमेन्ट दिन सकिन्न।’
अन्नपूर्ण रेसिडेन्सीले लेखनाथको तालचोकमै हाउजिङ पनि थप्दैछ। उसले ३ वटा शयनकक्षसहितका २ तले घर निर्माण गर्न लागेको हो। ती घर साढे २ आनामा बन्नेछन्। यसअघि रेसिडेन्सीले त्यही ठाउँमा १० वटा घर निर्माण गरेको थियो। घरको मूल्य ६५ लाखदेखि सुरु हुने थापाले जनाए। यसअघि अन्नपूर्णले बनाएका घरको मूल्य १ करोडभन्दा माथि थियो। ‘आकार सानो बनाएर उही गुणस्तरका घर करोडभन्दा कम मूल्यमा तयार गर्न लागेका हौं,’ थापाले भने।
उनका अनुसार प्रत्येक घरमा घेराबन्दी पर्खाल हुनेछ। भुइँतलामा भान्छा, भोजनकक्ष, अतिथि कक्ष र शौचालय तथा स्नानगृह रहनेछ। पहिलो तलामा दुइटा शयनकक्ष र दोस्रोमा पूजाकोठा लगायत रहनेछ जनाइएको छ। १ सय २० रोपनी जग्गामा कम्पनीले अब एक सय घर निर्माण गर्ने भएको हो।
पृथ्वी राजमार्गसँग जोडिएको रेसिडेन्सीका घरबाट धौलागिरि, निलगिरिदेखि लमजुङको गणेश हिमालसम्मको दृश्यावलोकन गर्न सकिन्छ। पर्याप्त पार्किङ र आफ्नै बोरिङको पानी सुविधा रहेको कम्पनीले वातावरणमैत्री घर निर्माण गर्ने बताएको छ।
अर्को कम्पनी रोड सो रियलस्टेट प्रालिले ४० वटा अपार्टमेन्ट बनाउने भएको छ। दुई वर्षभित्रमा अपार्टमेन्ट निर्माण सक्ने दीप हाउजिङका मार्केटिङ अफिसर कृष्णराम रानाभाटले जानकारी दिए। भवनमा चारवटा पेन्ट हाउससमेत रहनेछन्। अपार्टमेन्टको मूल्य ४० लाख रुपैयाँबाट सुरु हुने अनुमान छ। दीपले आफ्नो जग्गामा थप घरहरु पनि निर्माण गर्न लागेको र निकट भविष्यमा २ अर्ब रुपैयाँ लगानी थपिने पनि रानाभाटले जानकारी दिए।

No comments:
Post a Comment