कास्की- रुपन्देहीका राजेन्द्र शाहनी दैनिक ५०-६० किलो फलफूल तथा तरकारी पोखरादेखि कास्कीको छोमरुङ पुर्याउँछन्। केही घन्टाको लोकल जीपको सफरपछि उनी करिब ५ घन्टा फलफूल तथा तरकारीको भारी बोकेर अन्नपूर्ण बेसक्याम्प जाने बाटोमा पर्ने छोमरुङ पुग्छन्।

उनको पहिलो एक दिन बाटोमा बित्छ भने अर्को दिन घरघरै बेच्दै हिंड्छन्। उनका अनुसार छोमरुङमा उनको स्याउको मूल्य प्रति किलो ३ सय र गोलभेडाको मूल्य प्रति किलो १ सय २० बिक्री हुन्छ।

यसरी एक खेपमा उनको नाफा दुई हजारदेखि पच्चीस सयसम्म हुन्छ।

३० बर्षिय शाहनी १० बर्षदेखि यस क्षेत्रमा यही व्यापार गर्दै आएका छन्। उनका मित्र ५० बर्षिय रामबृक्ष चौधरी (तस्बिरमा पछाडी) पनि अझै अघिदेखी यही व्यापारमा लागेका छन्।

सिवाइसम्म मोटर पुग्नु पहिले उनीहरू काँढेदेखि भारी बोकेर छोमरुङ पुर्याउँथे।

तस्बिरः किरण कृष्ण श्रेष्ठ
No comments:
Post a Comment