Sunday, April 27, 2014

UML Chairman Khanal leaving for China

KATHMANDU, APR 27 - CPN-UML Chairman Jhalanath Khanal is leaving for China leading a 20-member delegation on May 7 upon the invitation from the Communist Party of China .
This is his second visit to the country after People's Movement in 2006. He last visited China in April 2009.
Some party leaders fear Khanal's eight-day visit ahead of the party's general convention on June 7 could adversely affect the convention. Party's senior leader Madhav Kumar Nepal and parliamentary party leader KP Sharma Oli have announced their candidacy for the party's top post, while Khanal has not expressed his desire to continue the term. Khanal, however, said he would not decline the call if senior leaders unanimously ask him to lead the party.  
UML leader Rajan Bhattarai, however, says Khanal's visit would not affect the convention at all. "The political document will be cleared before he leaves for China so leaders will continue to discuss on it and the sub-committees are already there for preparation," said Bhattarai.

पशुपतिमा कमिसन माग्दै पूजा हडताल

पशुपतिमा कमिसन माग्दै पूजा हडताल
काठमाडौं-पशुपतिनाथ मन्दिरका भट्टले कमिसन बढाउनुपर्ने माग गर्दै दुई सातादेखि विशेष पूजा बन्द गरेका छन्। मन्दिरमा हुने विशेष पूजामा २० प्रतिशत कमिसन वृद्धि गर्नुपर्ने भट्टहरूको माग छ। उनीहरूले सरकारले उपलब्ध गराउँदै आएको तलबभत्तामा कर काट्न नहुने माग समेत राखेका छन्। पशुपति क्षेत्र विकास कोषले २०६८ साउनदेखि पुरानो बक्यौता र नयाँ तलबको कर काट्दै आएको छ।
पशुपतिनाथ मन्दिरमा विभिन्न अवसरमा ११ सयदेखि ९ लाख रुपैयाँसम्मको रसिद काटेर विशेष पूजा गराउनसक्ने व्यवस्था छ। विशेष पूजामा चढाइने भेटी र दक्षिणाको साढे ७ प्रतिशत रकम भट्टहरूले २०६२ देखि पाउँदै आएका छन्।
भक्तजनले भने भट्टहरूले आन्दोलन गरेर भगवानप्रतिको आस्थामा खेलबाड गरेको बताएका छन्। मन्दिरमा जन्मदिन, विवाहको वार्षिकोत्सव, जंकु, विशेष तिथिलगायतमा विशेष पूजा गराउन नपाएको उनीहरूले गुनासो गरेका छन्।
विवाह उत्सवको अवसरमा १ हजार १ सयको विशेष पूजा गराउन आएका कृष्ण श्रेष्ठले पूजा गराउन नपाउँदा दुःख लागेको बताए। ‘विवाह गरेको १९ वर्ष पुगेको अवसरमा भगवान पशुपतिनाथमा क्षमताअनुसार ११ सयको विशेष पूजा गराउन आएको थिएँ, तर भट्टहरूले पूजा गराउनै मानेनन्,' उनले नागरिकसँग दुखेसो पोखे।
श्रेष्ठले भट्टहरूले नियमविपरीत पूजा बन्द गर्दा पशुपति क्षेत्र विकास कोष मूकदर्शक बन्न नहुने बताए। ‘सरकारले उनीहरूलाई तलबभत्ता दिएकै छ,' उनले भने, ‘पशुपति क्षेत्र विकास कोष किन मूकदर्शक बनेको होला!'
कोषका सदस्यसचिव गोविन्द टन्डनले भट्टहरूले एक्कासि २० प्रतिशत कमिसन बढाउन माग गर्दा कोष नै अप्ठेरोमा परेको बताए। उनका अनुसार कोषले मन्दिरमा चढ्ने विशेष पूजाको दक्षिणा तथा भेटीलाई पारदर्शी बनाउन ०६८ चैत २६ गते नियमावली बनाएर भट्टहरूलाई तलबलगायत सुविधाको व्यवस्था गरेको थियो।
तत्कालीन सदस्यसचिव सुशील नाहाटाले व्यक्तिगत रूपमा निर्णय गरेर विशेष पूजाको कमिसन साढे ७ प्रतिशतबाट वृद्धि गरेर १५ प्रतिशत पुर्‍याएका थिए। तर, उनको निर्णय पशुपति विकाष कोष सञ्चालक परिषदले पास गरेन, जसका कारण भट्टहरूले साढे ७ प्रतिशत नै कमिसन पाउँदै आएका छन्।
‘भट्टहरूले पुरानो बाँकी कमिसन पनि माग गरेका छन्,' सदस्यसचिव टन्डनले नागरिकसँग भने, ‘सरकारले कानुनबमोजिम पाँच महिनादेखि तलबभत्तामा ३५ प्रतिशत कर काट्न थालेपछि भट्टहरू आक्रोशित बन्नुभयो र विशेष पूजा नै रोकिदिनुभयो।
सदस्यसचिव टंडनका अनुसार ०६८ अघिसम्म भट्टहरूले फर्माइसी पूजा भनेर आफूखुसी पूजा गर्थे। त्यतिबेला कति पूजा भयो, कति दक्षिणा–भेटी चढ्यो भन्ने लेखाजोखा हुँदैनथ्यो।
पशुपति क्षेत्र विकास कोषले भेटी र दक्षिणा पारदर्शी बनाउन २०५० सालमै ऐन बनाएर ल्याएको थियो। ‘त्यसबखत पशुपति दक्षिणा भेटी पारदर्शी ऐन २०५० विरोधका कारण लागू गर्न सकिएन,' टन्डनले भने, ‘त्यही ऐन २०६८ मा संशोधन गरी दक्षिणा भेटी पारदर्शी गर्न फर्माइसी पूजालाई विशेष पूजा नामकरण गरियो,' उनले भने।
सदस्यसचिव टन्डनले भट्टले पूजा रोक्दा दैनिक ३ लाख रुपैयाँभन्दा बढी क्षति भइरहेको बताए। उनका अनुसार धेरै भक्तजनले ११ सयदेखि २१ सयको पूजा गराउँछन्, यस्ता पूजा गराउने दैनिक डेढ सय हुन्छन्। ‘स्वदेशी तथा विदेशी भक्तजनले विशेष पूजाका लागि दिनहुँ फोन गर्दा जवाफ दिनै मुस्किल परिसक्यो,' उनले भने।
पशुपतिनाथ मन्दिरमा मूल भट्टको मासिक तलबभत्ता सरकारले २ लाख २५ हजार रुपैयाँ तोकेको छ। उनका तीन सहयोगी भट्ट छन्। तिनीहरूको मासिक तलबभत्ता १ लाख ६० हजार रुपैयाँ छ। यस्तै, एक बासुकी भट्ट पनि छन्।
सदस्यसचिव टन्डनले विशेष पूजा पूर्ववत सञ्चालन गर्न पटकपटक छलफल र फोन सम्पर्क गरे पनि भट्टहरू वार्तामा नआएको जानकारी दिए। ‘मूल भट्टले तलब बुझे पनि सहयोगी र बासुकी भट्टले बुझेका छैनन्।'
कोषका निर्देशक भरत मरासिनीका अनुसार कोषले ०६८ देखि विशेष पूजाको भेटी दक्षिणा पारदर्शी गर्ने नियमावली लागू गरेपछि हालसम्म ३८ हजार भक्तजनले ७ करोड रुपैयाँको विशेष पूजा गराइसकेका छन्।
‘दुई वर्षमा २ लाख २१ हजारको चारजनाले, १ लाख ५१ हजारको छजनाले र १ लाख ५६ हजारको १ जनाले विशेष पूजा गराइसके,' निर्देशक मरासिनीले भने, ‘५१ सयको ९ सय ३० जनाले, ११ हजारको १ सय ८० जनाले, २५ हजारको ८७ जनाले र ५६ हजारको १५ जनाले विशेष पूजा गराएका छन्।
कोषका निर्देशक रमेश उप्रेतीका अनुसार मूल भट्टकै सहमतिमा कोषले २०६८ सालमा नियमावली बनाएको हो। ‘संशोधित नियममा भट्टहरूको तलब, भत्ता, आवास, सञ्चयकोषलगायतका सबै सुविधा तोकिएको छ,' निर्देशक उप्रेतीले भने, ‘भट्टहरूको कामकर्तव्य पनि तोकिएको छ। नियमावलीमा कोषले स्वीकृति गरेको दरबन्दीको आधारमा भट्टहरूले विशेष पूजा गर्ने व्यवस्था छ। उनका अनुसार विशेष पूजा गर्दा कमिसन दिने व्यवस्था नियमावलीमा छैन।
- See more at: http://www.nagariknews.com/feature-article/story/16956#sthash.vgz867YC.dpuf

अप्रेसनले बोकायो ऋणको भारी

अप्रेसनले बोकायो ऋणको भारी
मेहलकुना (सुर्खेत)- बडाखोलीकी भूमिसरा विकले अप्रेसनपछि सुविस्तासँग बस्न पाइएला भन्ने सोचेकी थिइन्। तर, श्रीमानको साथ लागेर मेहलकुना अस्पताल पुगेकी उनले सोचेजस्तो भएन। अप्रेसन गरेको तीन दिनमै ज्यान गल्यो, पिसाब बन्द भयो। उनलाई बचाउन परिवारले थप उपचारका लागि नेपालगन्ज हुँदै भारतको सिमला पुर्यागयो। ‘अहिले सन्चो त भएको छ तर ऋणको भारी घटेको छैन,’ श्रीमान् टेकबहादुरले नागरिकसँग भने।
सुष्मा कोइराला मेमोरियल ट्रस्टले २०६९ चैतमा मेहलकुना अस्पतालमा गरेको पाठेघर खस्ने समस्यासम्बन्धी अप्रेसन शिविरपछि ऋणको भारी बोक्ने टेकबहादुर एक्ला होइनन्। मेहलकुनामा उनीजस्ता थुप्रै स्थानीय भेटिए, जसले अप्रेसनपछि निम्तिएको जटिलताबाट जोगिन ठूलो धनराशी खर्च गरेका छन्। शिविरले महिलाको पीडा कम गर्नुभन्दा विपन्न दलित परिवारलाई ऋणको भारी बोकाएको छ।
चैत १८ देखि पाँच दिन चलेको शिविरमा मेहलकुनाका मात्र ६५ महिलाको पाठेघर झिकिएको थियो। तीमध्ये करिब ७० प्रतिशतले अप्रेसनपछि थप उपचार गर्नुपरेको स्थानीय सामाजिक कार्यकर्ता प्रकाश घर्ती बताउँछन्। ‘अप्रेसनपछि थप उपचारले दलित र विपन्न समुदायका परिवार ऋणको चेपमा छन्,’ उनले भने, ‘अपे्रसनअघि सद्दे देखिने काम गर्नै नसक्ने अवस्थामा पुगेका छन्।’
स्थानीय विद्यालयमा कार्यालय सहयोगी (पियन) रहेका टेकबहादुरको थाप्लोमा ६० हजार ऋण छ। मासिक सयकडा तीन प्रतिशत ब्याज तिरिरहेका छन्। अप्रेसनलगत्तै असजिलो महसुस भएपछि उनले श्रीमतीलाई नेपालगन्ज मेडिकल कलेज लगेका थिए। ‘त्यहाँ सात दिन राख्दा पनि निको भएन, डाक्टरले फेरि अर्को अप्रेसन गर्नुपर्छ भनेर पैसा जम्मा गर्न लगाए,’ उनले भने, ‘त्यसैले सिधै सिमला लगेर उपचार गराएँ।’
सिमलाको इन्दिरा गान्धी मेडिकल कलेज एन्ड हस्पिटलमा २३ दिन उपचारपछि औषधि खाएरै निको भयो, अप्रेसन गर्नुपरेन। नेपालगन्ज हुँदै सिमलासम्म लगेर उपचार गर्न साहुबाट लिएको ऋण भने उनले अहिलेसम्म तिर्न सकेका छैनन्। ‘घरअगाडि डाक्टर आएर शिविर चलाएपछि अप्रेसन गरिहालौं भन्ने भयो,’ उनले भने, ‘धन्न ऋण जोहो गरेर श्रीमतीको ज्यान जोगाइयो।’
भूमिसरालाई त उपचारपछि केही सन्चो भएको छ। सोही ठाउँकी गौमाया विक भने अहिले पनि उपचार गराइरहेकी छन्। अप्रेसनपछि उनी दुईपटक वीरेन्द्रनगरको माया नर्सिङहोममा र एकपटक गुरुङ नर्सिङहोममा गइन्। उपचारमा ५०/६० हजार सकियो। ‘अप्रेसनले ज्यान आधा बनायो, जति गरे पनि सन्चो भएको छैन,’ माया नर्सिङहोमको कागजपत्र देखाउँदै उनले भनिन्, ‘अलिअलि तल्लो पेट दुख्थ्यो, अप्रेसन नगरेको भए यति गाह्रो हुन्थेन कि?’
अप्रेसनअघि घरदेखि खेतबारी र जंगलसम्मको काम भ्याउने ३४ वर्षीया गौमाया एक वर्षदेखि घरमै सीमित भएकी छन्। उनी गाह्रो काम गर्न सक्दिनन्। घरमै राखिएको खुद्रा पसलमा बस्ने र खाना पकाउने उनको दैनिकी हो। आर्थिक अभावले नेपालगन्ज वा भारत जान नसकेको उनले बताइन्।
अनुदानको लोभमा ट्रस्टले अप्रेसन गर्नै नपर्ने महिलाको पनि जथाभावी अप्रेसन गरेको स्थानीयको आरोप छ। शिविरका प्रत्यक्षदर्शी मेहलकुना अस्पतालकै स्वास्थ्यकर्मी भन्छन्, ‘शिविरमा आएका डाक्टरले अनुदानको लोभमा अन्य समस्या भएर आएका महिलाको पनि पाठेघर अप्रेसन गरेर पठाए, यसले ठूलो समस्या निम्त्याएको छ।’
शिविरमा अधिकांश महिला तल्लो पेट दुख्ने समस्या बोकेर आएका थिए। उनीहरुको पनि अप्रेसन गरिएको थियो। त्यस्तै मध्येकी एक हुन्, घारी मेहलकुनाकी ४३ वर्षीया मोतीसरा खड्का। कहिलेकाहीँ तल्लो पेट दुख्ने समस्या भएकी उनी शिविरमा जाँच गर्न गएकी थिइन्। तर, त्यहाँ पुग्नेबित्तिकै अप्रेसन गर्नुपर्छ भनेर तयार हुन लगाइयो। ‘डाक्टरले भनेपछि नाइँ भन्ने भएन,’ उनले भनिन्, ‘कुरा काट्न नसक्दा ज्यानधनको नोक्सान भयो।’
अप्रेसनबाट समस्या झन् बल्भि्कएपछि थप उपचारमा उनले करिब ३० हजार खर्च गरिन्। वीरेन्द्रनगरको निजी अस्पतालमा गएर उपचार गरेपछि निको भएको उनले बताइन्।
मेहलकुनाका बिरामीले त ऋण जोहो गरेर उपचार गरे। सालकोटकी अम्बिका अधिकारीको उपचारमा भने परिवारले पुर्ख्यौली जग्गा नै बेच्नुपर्योर। अप्रेसनलगत्तै भएको अत्यधिक रक्तस्रावले ज्यान जोखिममा परेपछि भारतसम्म लानुपरेको श्रीमान् हरिले बताए। ‘शिविर उठेपछि अप्रेसन गर्ने डाक्टर कता गए थाहा भएन, हामीले भने खेत बेचेर उपचार गर्यौं ,’ उनले भने, ‘यस्तो दुःख हामी गरिबमाथि नै किन थपिनुपर्ने?’ ऋणसापट गरेको पैसाले नपुगेपछि ३२ हजारमा खेत बेचेर उपचार गरेको उनले बताए।
कार्यविधि निर्देशिकाको दफा ५(३) मा पोस्ट–अपरेटिभ र फलोअप सेवासम्बन्धी व्यवस्था छ। उक्त दफामा शल्यक्रिया गरेपछि सात दिनसम्म पोस्ट–अपरेटिभ सेवा दिनुपर्ने, परामर्श तथा स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने र सामान्यतयाः एक महिनामा पहिलो फलोअप जाँच गर्नुपर्ने उल्लेख छ। सोही दफाको बुँदा (च) मा अप्रेसन गरेका महिलालाई जटिलता भए अप्रेसन गर्ने स्वास्थ्य संस्थाले नै निःशुल्क उपचार व्यवस्था गर्नुपर्ने उल्लेख छ।
मेहलकुना र सालकोटमा करिब ६० लाख रुपैयाँ लगेर ट्रस्टले शिविर सञ्चालन गरेको थियो।
- See more at: http://www.nagariknews.com/feature-article/story/17030#sthash.XDcJkr1t.dpuf

किसनालाई कमसल युरिया

किसनालाई कमसल युरिया
काठमाडौं- कृषकलाई बेच्न सरकारी स्वामित्वका कम्पनीहरुले आयात गरेका रासायनिक मल युरिया मापदण्डविपरीत पाइएको छ। अधिकांश बोराभित्र मल जमेर ५ देखि १० किलोसम्मको डल्ला परेका छन्। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले किसानलाई त्यही मल बेचिरहेका छन्।
यी कम्पनी र आपूर्तिकर्ताबीचको सम्झौतापत्रमा युरियाको दाना आपूर्ति गर्ने उल्लेख भए पनि डल्ला भित्रिएको छ। सर्भेयरले युरिया दानाको आकार २ देखि ४ एमएमभन्दा माथि नभएको गुणस्तर प्रमाणपत्रमा उल्लेख गरेको छ। तर, बोराभित्र १० किलोसम्मका डल्ला भेटिएका छन्।
केही बोरामा २० प्रतिशत धुलोसमेत रहेको स्रोतले दाबी गरेको छ। भारतीय कम्पनी इन्डियन पोटास लिमिटेड (आइपिएल) सँग किनेको मल लोडिङ प्वाइन्टमा एसजिएसबाट र अनलोडिङ प्वाइन्ट (वीरगन्ज ड्राइपोर्ट) मा आस्था साइन्टिफिक रिसर्च सर्भिस प्रालिबाट गुणस्तर परीक्षण गराएको आयातकर्ता कम्पनीहरुले दाबी गरेका छन्। मल जाँचेर प्रालिले दिएको रिपोर्टका आधारमा भन्सार जाँचपास गरी गोदाममा थन्क्याएको आयातकर्ताले बताएका छन्।
जा“चपासका लागि भन्सारमा बुझाइएको ज्ञापनपत्र र सर्भेयरले दिएको गुणस्तर प्रमाणपत्र बोराभित्रको डल्लाबारे मौन छ। केही बोरामा धुलो भेटिए पनि रासायनिक सीमाभित्र रहेकाले हानि नगर्ने जाँच रिपोर्टमा उल्लेख छ। प्रतिबन्धित मुलुक इराकबाट जहाजमा लोड गरी भारतको कोलकाता बन्दरगाह ल्याइएको मल आपूर्तिकर्ता कम्पनी आइपिएलले रिप्याकिङ गर्दा धुलो फेला परेको सम्बद्ध स्रोतको दाबी छ। इराकमा उत्पादन भएको मल भारतीय कम्पनीले नेपालमा आपूर्ति गरेका हुन्।
आथिक वर्È २०७०/०७१ मा आएपिएलले ३५ हजार टन मल ल्याएको थियो। उक्त मलका बोरामा ५ देखि १० केजीसम्मका डल्ला भेटिएको कृषकले बताएका छन्। गत वर्ष पनि आइपिएलले आपूर्ति गरेको ३० हजार टन मलको प्रत्येक बोरामा २ देखि ८ केजीसम्म कम तौल भेटिएको थियो। त्यसबेला १ हजार ५ सय टन मल घटी पठाएको छानबिन टोलीले फेला पारेको थियो।
कृषि सामग्री कम्पनीको धुलिखेलस्थित कार्यालबाट भिमेश्वर बचत तथा ऋण सहकारी संस्थाले लगेको ३ सय ९५ बोरा मलमध्ये करिब ५० प्रतिशत बोरामा डल्ला भेटिएको स्रोतले बताएको छ। '७ दिनअघि मात्रै सहकारीबाट मैले ल्याएको मल डल्ला परेकाले प्रयोगमा ल्याउन सकिन,' दोलखाका कृषक कुमार बस्नेतले नागरिकसँग भने, 'यस्तो मल कसरी प्रयोग गर्नु?' सहकारीले कम्पनीलाई मलमा डल्ला परेको जानकारी गराउँदासमेत वास्ता नगरेको स्रोतले बताएको छ।
आयातकर्ताले पेस गरेको कागजात हेरी रासायनिक मल जाँचपास गरिएको भन्सार कार्यालयले उपलब्ध गराएको रिपोर्टमा उल्लेख गरिएको कृषि सामग्री कम्पनीका एक अधिकारीले बताए। भन्सारको ग्रिन च्यानलबाट जाँचपास हुने वस्तुको भौतिक परीक्षण नहुने कम्पनीका सूचना अधिकृत नारायण मरासिनी बताउँछन्।
'मल ग्रिन च्यानलबाट भित्रिन्छ,' कृषि सामग्रीका निमित्त महाप्रबन्धक अमरराज खैरले भने, 'यसमा आयातकर्ता जिम्मेवार हुनुपर्ने हुन्छ।' आइपिएलबाट सरकारले यस वर्Èका लागि १ लाख २० हजार टन युरिया आयात गरिरहेको छ। त्यसमध्ये साल्ट ट्रडिङ कर्पोरेसनले ८५ हजार टन र कृषि सामग्री कम्पनी लिमिटेडले ३५ हजार टन मल आयातको जिम्मा पाएका छन्।
माटोको उत्पादकत्व वृद्धिका लागि प्रयोग गरिने युरियामा ४६ प्रतिशत नाइट्रोजन हुन्छ। 'युरियाको गुणस्तर त्यसमा रहेको नाइट्रोजन र चिसोपनाले मापन गर्छ,' कृषि विकास मन्त्रालयका एक अधिकारीले भने, 'त्यसकै लागि युरियाको प्याकिङमा बढी सावधानी अपनाइन्छ।'
प्लास्टिक बोराभित्र प्याकिङ गरिएको युरियामा चिसोपन (ओसिलोपन) बढीमा १ प्रतिशत हुनुपर्छ। तर, उक्त चिसोपन बढी भएकाले नाइट्रोजन जमेको हुन सक्ने उनले बताए। 'निर्धारित मात्राभन्दा बढी चिसोपन भएकाले युरिया जमेको हो,' उनले भने, 'यसले नाइट्रोजनको प्रतिशत घटाउँछ। खेतमा प्रयोग नहुन्जेल युरिया जम्नु हुँदैन।'
जानकारका अनुसार बढीमा एक महिना भण्डारण गरे युरियाको डल्लो ढुंगाले समेत फुटाउन गाह्रो हुन्छ। केही दिनअघि मात्र कृषि सामग्री कम्पनीको धुलिखेल कार्यालयले वीरगन्ज भन्सारमा रहेका २ ट्रक मल ल्याएर बिक्री गरिसकेको छ। किसानले किनेको युरिया मल डल्ला परेको कृषकको भनाइ छ।
- See more at: http://www.nagariknews.com/economy/agriculture/story/17131#sthash.PqKCWTdA.dpuf

बाख्रापालनमा २३ लाख लगानी

बाख्रापालनमा २३ लाख लगानी
लमजुङ-सूर्यपाल गाविसका एक युवाले २३ लाख रुपैयाँ लगानीमा सुरु गरेको बाख्रापालन व्यवसाय सुरु गरेका छन्। सात वर्ष इजरायल बसे फर्केका सूर्यपाल–९ साहुडिहीका राजेन्द्र श्रेष्ठ यो व्यवसायबाट ‘सन्तोषजनक' आम्दानी लिन थालेको बताउँछन्।
श्रेष्ठ बाख्रा फर्मको नाममा व्यवसाय गरिरहेका उनको फार्ममा अहिले स्थानीय खरी जातका ९० वटा बाख्रा छन्। २० लाख रुपैयाँको लागतमा सुधारिएको खोर, बस्ने घरलगायतका संरचना निर्माण गरी ३ लाख रुपैयाँभन्दा बढीको बाख्रा किनेर व्यवसाय थालेको उनले जानकारी दिए।

उनले एउटा कोठामा १० बाख्रा अट्ने १० कोठे ठूलो खोर निर्माण गरेका छन्। खोरमा तापक्रमदेखि उज्यालोका लागि बत्तीसम्मको व्यवस्था छ। श्रेष्ठले बाख्रालाई ख्वाउन २७ रोपनी जग्गामा घाँस रोपेका छन्। डालेघाँसमा किम्बु, स्टाइलो, नेपियर र मौसमी घाँस लगाइएको उनले बताए। बाख्रालाई दैनिक घाँस, कुँडोबाहेक हरेक तीन महिनामा औषधी ख्वाउनु पर्छ।

गत साउनमा ३२ वटा बाख्राबाट व्यवसाय सुरु गरेका श्रेष्ठको खोरमा अहिले किनेर थपिएका र त्यही खोरमा जन्मेका गरी ९० वटा बाख्रा छन्। बाख्रा बिक्रीबाट उनले १ लाख १५ हजार रुपैयाँ आम्दानी गरेका छन्। इजरायलमा हुने मासिक १ लाख रुपैयाँभन्दा यहाँको आम्दानी कम भए पनि आफू सन्तुष्ट रहेको श्रेष्ठले बताए। व्यवासायबाट नोक्सानी नहुनेमा उनी ढुक्क छन्।

‘गाउँमै केही गरेर देखाउन सकिन्छ कि भनेर लाग्दैछु,' उनी भन्छन्, ‘अहिले नै घाटा नलागे मलाई सन्तोष हुन्छ।' बेरोजगार भएर गाउँमा बसेका र काम गर्न लाज मान्ने युवाका लागि उदाहरण बनेका उनी विदेशमा आफूले धेरै सिकेको बताउँछन्। बाख्रापलनमा उनले बाबु, आमा र श्रीमतीबाट राम्रो सहयोग पाएका छन्।

उनको दिनचर्या बाख्राको स्याहारबाट सुरु हुन्छ। घाँस, कुँडो खुवाउने, खोर सफा गर्ने, घाँसको जोहो गर्ने र दिउँसो बाख्रा चराउने गरेर दिन बित्छ। घाँस काट्न, घाँस, दाना र चोकरको भारी बोक्न लाज नलाग्ने उनी बताउँछन्। ‘नेपालीको छोराले केसम्म गर्नुपर्दो रै'छ भन्ने विदेशमा भोगेँ, गाउँघरमा काम गर्दा मलाई आनन्द लागेको छ,' उनले सुनाए। फर्मका बाख्रा सबै स्थानीय जातको भएको र बिक्री पनि स्थानीय उपभोक्तालाई नै गर्ने उनले बताए।

उनले बाख्रापालन सुरु गर्नुअघि तनहुँको बन्दीपुरस्थित बाख्रा फार्म अवलोकन गरी परामर्श लिएका थिए। उनको फार्ममा स्थानीय र छिमेकी जिल्लाका इच्छुक हेर्न र बुझ्न आउने गरेका छन्। आफूकहाँ आउनेलाई जानेसम्मको सल्लाह दिने गरेको श्रेष्ठले बताए।

व्यवसायमा जिल्ला पशुसेवा कार्यालयबाट ५० हजार रुपैयाँ अनुदान प्राप्त भएको राजेन्द्रका बुबा बाबुलाल श्रेष्ठ बताए। च्वाइस नेपाल, हेफर इन्टरनेसनल नामक संस्थाहरुले पनि फार्म अवलोकन गरेको र सहयोगको बचन पाएको पनि श्रेष्ठले बताए।
- See more at: http://www.nagariknews.com/economy/agriculture/story/16931#sthash.GcUoitV1.dpuf

पोखरामा अपार्टमेन्ट

 4  0 Google +0  0  0
(0 votes)
पोखरामा अपार्टमेन्ट
पोखरा -पोखरामा पहिलोपटक अपार्टमेन्ट निर्माण हुने भएको छ। एउटै भवनमा धेरै परिवार बस्न मिल्ने गरी बनाइने अपार्टमेन्टमा दुई व्यवसायीले छुट्टाछुट्टै लगानी गर्ने भएका हुन्। दुई ठाउँमा बन्ने ती अपार्टमेन्ट र हाउजिङमा गरी व्यवसायीको झन्डै ३ अर्ब लगानी थपिँदैछ।
बिन्दुकुमार थापा प्रवर्द्धक रहेको अन्नपूर्ण रेसिडेन्सीले लेखनाथ नगरपालिकाको चल्तीको बजार तालचोकमा अपार्टमेन्ट निर्माण गर्न लागेको हो। कालु गुरुङ प्रवर्द्धक रहेको दीप हाउजिङले पोखराको दीपमा अपार्टमेन्ट बनाउँदैछ। अपार्टमेन्ट र हाउजिङमा गरी थापाले झन्डै १ र गुरुङले २ अर्ब लगानी थप्दैछन्।
यसअघि १ अर्ब लगानी गरिसकेको अन्नपूर्ण रेसिडेन्सीले पहिलो चरणमा २ भवनमा गरी ६० वटा अपार्टमेन्ट बनाउने भएको छ। ‘अबको केही सातामै बुकिङ सुरु गर्छौ,’ रेडिडेन्सीका कार्यकारी अध्यक्ष थापाले भने, ‘बुकिङ गरेको १ वर्षमा ग्राहकलाई हस्तान्तरण गर्ने लक्ष्य राखेका छौं।’ १० वटा अपार्टमेन्ट बुकिङ सुरु हुनासाथै निर्माण थालिहाल्ने उनले बताए। ‘सुरुमा बुकिङ गर्ने १० जनालाई विशेष सहुलियत पनि हुनेछ,’ उनले भने।
अन्नपूर्णले एउटा शयनकक्ष (बेडरुम) सहितको अपार्टमेन्टलाई २२ र दुइटा शयनकक्ष भएकोलाई ४० लाखमा बिक्री गर्ने योजना बनाएको छ। ५ तले दुइटा भवनमा गरी ३०/३० वटा अपार्टमेन्ट बन्ने थापाले जानकारी दिए। एउटा तलामा ६ वटा अपार्टमेन्ट रहनेछन्। उनका अनुसार अपार्टमेन्टको भवनभन्दा बाहेक ७५ प्रतिशत जग्गा खुला रहनेछ। ‘त्यसमा हरियाली हुन्छ,’ उनले भने, ‘ग्रोसरी सपदेखि अरु आधारभूत सेवा पनि उपलब्ध गराउनेछौं।’
झन्डै एक दशकअघि हाउजिङ व्यवसाय सुरु भएको पोखरामा अपार्टमेन्टको अवधारणा भने बल्ल भित्रिएको हो। ‘कर्मचारीदेखि अरु कामकाजी पेसा व्यवसायीले अपार्टमेन्टमा रुचि देखाएका छन्,’ थापाले भने, ‘हामी नै किन्छौं भनेर थुप्रै साथीभाइले भनिसकेपछि यसको सम्भावना देखेरै लगानी गर्न लागेका हौं।’
अन्नपूर्णले अपार्टमेन्ट निर्माणको जिम्मा काठमाडौं त्रिपुरेश्वरको ठेकेदार कम्पनी सिई कन्स्ट्रक्सनलाई दिएको छ। पृथ्वीराजमार्गमार्फत पोखरासँग जोडिएको ठाउँ भएकाले लेखनाथमा पनि आवासका लागि ग्राहकहरुको आकर्षण रहेको थापाले बताए। ‘पोखरामा जग्गाको अभाव पनि हुँदै गइरहेको छ। त्यसैले पनि लेखनाथ रोजेका हौं,’ उनले भने, ‘अर्को कुरा पोखरामा बनाउँदा २२ लाखमा एक शयनकक्षसहितको अपार्टमेन्ट दिन सकिन्न।’
अन्नपूर्ण रेसिडेन्सीले लेखनाथको तालचोकमै हाउजिङ पनि थप्दैछ। उसले ३ वटा शयनकक्षसहितका २ तले घर निर्माण गर्न लागेको हो। ती घर साढे २ आनामा बन्नेछन्। यसअघि रेसिडेन्सीले त्यही ठाउँमा १० वटा घर निर्माण गरेको थियो। घरको मूल्य ६५ लाखदेखि सुरु हुने थापाले जनाए। यसअघि अन्नपूर्णले बनाएका घरको मूल्य १ करोडभन्दा माथि थियो। ‘आकार सानो बनाएर उही गुणस्तरका घर करोडभन्दा कम मूल्यमा तयार गर्न लागेका हौं,’ थापाले भने।
उनका अनुसार प्रत्येक घरमा घेराबन्दी पर्खाल हुनेछ। भुइँतलामा भान्छा, भोजनकक्ष, अतिथि कक्ष र शौचालय तथा स्नानगृह रहनेछ। पहिलो तलामा दुइटा शयनकक्ष र दोस्रोमा पूजाकोठा लगायत रहनेछ जनाइएको छ। १ सय २० रोपनी जग्गामा कम्पनीले अब एक सय घर निर्माण गर्ने भएको हो।
पृथ्वी राजमार्गसँग जोडिएको रेसिडेन्सीका घरबाट धौलागिरि, निलगिरिदेखि लमजुङको गणेश हिमालसम्मको दृश्यावलोकन गर्न सकिन्छ। पर्याप्त पार्किङ र आफ्नै बोरिङको पानी सुविधा रहेको कम्पनीले वातावरणमैत्री घर निर्माण गर्ने बताएको छ।
अर्को कम्पनी रोड सो रियलस्टेट प्रालिले ४० वटा अपार्टमेन्ट बनाउने भएको छ। दुई वर्षभित्रमा अपार्टमेन्ट निर्माण सक्ने दीप हाउजिङका मार्केटिङ अफिसर कृष्णराम रानाभाटले जानकारी दिए। भवनमा चारवटा पेन्ट हाउससमेत रहनेछन्। अपार्टमेन्टको मूल्य ४० लाख रुपैयाँबाट सुरु हुने अनुमान छ। दीपले आफ्नो जग्गामा थप घरहरु पनि निर्माण गर्न लागेको र निकट भविष्यमा २ अर्ब रुपैयाँ लगानी थपिने पनि रानाभाटले जानकारी दिए।
- See more at: http://www.nagariknews.com/economy/main-story/story/16986#sthash.1oZboPez.dpuf

सगरमाथा आरोहण स्थगित


(0 votes)
सगरमाथा आरोहण स्थगित
काठमाडौं- साता लामो बहसपछि अन्ततः यसपालिको सर्वोच्च शिखर सगरमाथा आरोहण स्थगित भएको छ। सगरमाथामा वैशाख ५ मा आएको भयानक हिमपहिरोमा १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइते भएपछि शेर्पाहरूबाट सुरु भएको बहस एक सातामै आरोहण स्थगनसम्म पुगेको हो। विदेशी आरोहीहरू पनि यसपालि आरोहण नगर्ने भन्दै सगरमाथा आधारशिविरबाट धमाधम फिर्ता हुन थालेका छन्।
सगरमाथा आरोहण व्यवस्थापन गर्ने कम्पनीहरूका अनुुसार डेढ दर्जन दलले यसपालि शिखर नजाने निर्णय गरिसकेका छन्। तीमध्ये केही दल काठमाडौं फर्किसकेका छन् भने केही बाटैमा छन्। ती दलका नेताले आरोहण परित्याग गरेको लिखित जानकारी पर्यटन मन्त्रालयलाई केही दिनभित्रै दिने तयारी गरिरहेका छन्।
'यसपालि वसन्त ऋतुको सगरमाथा आरोहण लगभग स्थगित भएको छ,' सांग्रिला नेपाल प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले शनिबार नागरिकसँग भने, 'शेर्पाबिना सागरमाथा आरोहण असम्भव छ। करिब–करिब सबै विदेशी आरोहीले आरोहण परित्यागको निर्णय गरेका छन्। केही आरोहण दल काठमाडौं फर्किसकेका छन्, बाँकी पनि आधारशिविरबाट झर्दैछन्।'
आफ्नो कम्पनी सांग्रिला नेपालले व्यवस्थापन गरेको पाँचवटा दल आरोहण परित्याग गर्ने निर्णय गरी काठमाडौं फर्कंदै गरेको घिमिरेले जानकारी दिए। ती दलका शेर्पामध्ये ६ जनाले हिमपहिरोमा ज्यान गुमाएका थिए। पाँचको शव फेला परे पनि एकजना अझै बेपत्ता रहेको घिमिरेले बताए।
'शेर्पाहरूको साहसको कदर गर्दै हाम्रा सबै दलले यसपालि सगरमाथा आरोहण नगर्ने निर्णय गरेका छन्,' उनले भने, 'सहकर्मी नगुमाएका सबै दल पनि आरोहण परित्याग गरेर फर्कने निर्णयमा पुगेका छन्। दुई–चार दिनभित्रै सबै काठमाडौं आइसक्छन्।'
घिमिरेका अनुसार एनबिसी एभरेस्ट एक्सपिडिसन–२०१४, एएआई–एभरेस्ट एक्सपिडिसन–एस २०१४ र त्यही नामको अर्को दल र एसएनटी एभरेस्ट दलले आरोहण परित्याग गरेका हुन्। ती दलका पाँचजनाले ज्यान गुमाएका थिए।
त्यसैगरी आफूले व्यवस्थापन गरेर सगरमाथा पठाएका तीनवटा आरोहण दलका ६ शेर्पा गुमाएको हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले सबै दल आरोहण परित्याग गरेर फर्केको बताए।
'सहकर्मी गुमाएका शेर्पा त हतास हुने नै भए। त्यसमाथि जसको सहयोगमा शिखर पुग्न अगाडि बढेका विदेशी थिए, उनीहरूले स्वविवेकले यसपालि आरोहण नगर्ने निर्णय गरे,' पौडेलले भने, 'हाम्रा दल यहाँ आएपछि पर्यटन मन्त्रालयलाई यसबारे लिखित जानकारी दिनेछन्।'
उनका अनुसार एसी एभेरस्ट एक्सपिडिसन २०१४ र एडभेन्चरिस्ट एभरेस्ट एक्सपिडिसन २०१४ दलका ६ जनाले ज्यान गुमाएपछि सबै दल आरोहण परित्याग गरेर फर्कंदै छन्।
त्यस्तै तीन शेर्पा गुमाएको सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले सगरमाथाका लागि यसपालि तीन टोली पठाएका थिए। ती दलका तीन शेर्पामध्ये एकको शव फेला परे पनि अझै दुईजना बेपत्ता छन्। तीनैजना गुमाएको एभरेस्ट चाइनिज ड्रिम एक्सपिडिसन २०१४ दलका चिनियाँ आरोही फर्किसकेको शेर्पाले जानकारी दिए।
'पर्यटनमन्त्री भीम आचार्यले आधारशिविर पुगेर विविध कारण यसपालि आरोहण गर्न नसके वा परित्याग गर्ने दललाई आगामी पाँच वर्षभित्र जुनसुकै वर्ष आए पनि अहिलेकै रोयल्टीमा सगरमाथा चढ्न दिने प्रतिबद्धता जनाएपछि थप सहज भएको छ,' शेर्पाले भने, 'यसबाट पर्वतारोहण क्षेत्रमा सकारात्मक सन्देश गएको छ। विदेशी आरोही पनि खुसी भएर फर्केका छन्।'
उनको कम्पनीमार्फत सगरमाथा गएका दलका एक चिनियाँले शुक्रबार मृतक र घाइते शेर्पाका परिवारलाई २७ लाख २० हजार, अर्का चिनियाँले ३२ लाख ८० हजार रुपैयाँ सहयोग गरेका थिए। अर्को कम्पनीका एक दलका युक्रेनीले भने प्रत्येकलाई एक–एक लाख रुपैयाँ दिएका थिए। एसियन ट्रेकिङ प्रालिको व्यवस्थापनमा सगरमाथा गएका दुईवटा दल पनि आरोहण परित्याग गरी काठमाडौं फर्कंदै गरेको छ।
यसपालि आरोहण परित्याग गरेका दलले आफ्ना सहकर्मी शेर्पालाई पारिश्रमिक भने दिएका छन्। सेभेन समिटका प्रबन्ध निर्देशक शेर्पाका अनुसार एक सिजनमा एक आरोहण सहयोगीले ४ देखि ५ लाख रुपैयाँ कमाउने गर्छन्। ती सबैलाई सम्बद्ध विदेशी आरोहीले साढे दुईदेखि ३ लाख रुपैयाँ पारिश्रमिक दिइसकेका छन्। १५ जना विदेशी आरोही रहने एउटा दलले सगरमाथा आरोहण गर्दा साढे ३ करोड रुपैयाँसम्म खर्च गर्ने गर्छ।
'अहिले ९० प्रतिशतजति विदेशी आरोही आधारशिविरबाट झरिसकेका छन्। केही काठमाडौं आइसके भने केही बाटामै छन,' उनले भने, 'केही दिनभित्र आधारशिविर खालि हुन्छ। यसपालि परित्याग गरेका आरोहीलाई अर्को वर्ष आउँदा हामी पनि छुटमा आरोहण गराउँछौं।'
यसपालि एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलबाट पर्यटन मन्त्रालयले ३२ लाख ५० हजार अमेरिकी डलर (३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) रोयल्टी उठाएको छ। सगरमाथा आरोहण अनुमति लिएका ३१ विदेशी दलमा ३ सय ३४ आरोही छन्। तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला छन्। तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही छन्।
- See more at: http://www.nagariknews.com/economy/tourism/story/17118#sthash.9gZ6LHa2.dpuf